सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । स्मार्टफोन ब्रान्ड अनर (HONOR)ले चाडपर्वको अवसर पारेर ग्राहकका लागि ‘HONOR Festival Delights’ नामक विशेष प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ।
नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत छनोट गरिएका HONOR स्मार्टफोन खरिद गर्ने ग्राहकले स्मार्टवाच र इयरबड्स विशेष छुट मूल्यमा प्राप्त गर्न सक्नेछन्।
योजनाअनुसार HONOR 600 Pro, HONOR 600 Lite, HONOR X7e वा HONOR X6e खरिद गर्ने ग्राहकले नियमित मूल्य १२ हजार ४९९ रुपैयाँ पर्ने HONOR Watch 2 Pro जम्मा ४ हजार ९९९ रुपैयाँमा खरिद गर्न पाउनेछन्।
त्यस्तै, HONOR X5d सिरिजका कुनै पनि स्मार्टफोन खरिद गर्दा नियमित मूल्य ३ हजार ९९९ रुपैयाँ पर्ने HONOR Earbuds X7e Active मात्र ४९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नोभेम्बर महिनाभर लागू हुने यस योजनाले ग्राहकलाई नयाँ स्मार्टफोनसँगै स्मार्ट एआईओटी (AIoT) उपकरणसमेत सहुलियत मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यस योजनामार्फत ग्राहकले दैनिक जीवनलाई थप सहज र प्रविधिमैत्री बनाउन उपयोगी स्मार्ट उपकरणहरू किफायती मूल्यमा प्राप्त गर्न सक्नेछन्।