सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । हुवावेले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी तथा आउटडोर स्पोर्ट्स ट्र्याकिङ सुविधासहितको HUAWEI WATCH GT 7 सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ।
यस सिरिजअन्तर्गत HUAWEI WATCH GT 7 को मूल्य ४४ हजार ९९० रुपैयाँ र HUAWEI WATCH GT 7 Pro को मूल्य ६४ हजार ९९० रुपैयाँ तोकिएको छ। आधुनिक जीवनशैलीलाई लक्षित गरी ल्याइएका यी स्मार्टवाचमा आकर्षक डिजाइनसँगै फिटनेस तथा स्वास्थ्यसम्बन्धी विभिन्न सुविधा उपलब्ध छन्।
प्रिमियम डिजाइन र आउटडोर गतिविधिका लागि उपयोगी
HUAWEI WATCH GT 7 Pro मा एयरोस्पेस ग्रेड टाइटेनियम एलोय केस, नानो टेक्नोलोजी सिरेमिक बेजेल र नीलमणि ग्लासको सुरक्षा दिइएको छ। यसमा १.४७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम ब्राइटनेस ३ हजार निट्ससम्म पुग्छ। यसले घाममा समेत स्क्रिन हेर्न सहज बनाउने कम्पनीको दाबी छ।
हुवावेको सनफ्लावर पोजिसनिङ सिस्टम र डुअल-ब्यान्ड जीपीएसले रुट ट्र्याकिङलाई थप प्रभावकारी बनाउँछ। यसमा उपलब्ध ट्रेल रनिङ मोडले उचाइ, गति, भिरालोपन, दूरी तथा मुटुको धड्कनसम्बन्धी जानकारी प्रदान गर्छ। यसले हाइकिङ, ट्रेकिङ र अन्य आउटडोर गतिविधिमा सहभागी हुने प्रयोगकर्तालाई सहयोग पुर्याउनेछ।
यसका अतिरिक्त साइकलिङ र गल्फका लागि विशेष सुविधा तथा ४० मिटरसम्मको फ्रिडाइभिङ सपोर्ट पनि उपलब्ध छ।
स्वास्थ्य निगरानी र लामो ब्याट्री लाइफ
HUAWEI WATCH GT 7 Pro मा ईसीजी विश्लेषण, मुटुको धड्कन र रगतमा अक्सिजनको मात्रा निगरानी, निद्रा विश्लेषण, हार्ट रेट भेरिएबिलिटी (एचआरभी) ट्र्याकिङ तथा तनाव निगरानीजस्ता सुविधा समावेश छन्।
यसमा रहेको फिजिकल रेडिनेस स्कोरले प्रयोगकर्तालाई आफ्नो शारीरिक पुनःप्राप्ति अवस्था र दैनिक गतिविधिका लागि तयारीबारे जानकारी लिन मद्दत गर्छ। साथै, विभिन्न फिटनेस लक्ष्यलाई ध्यानमा राख्दै यसमा ११० भन्दा बढी वर्कआउट मोड उपलब्ध छन्।
ब्याट्री क्षमताका हिसाबले पनि यो स्मार्टवाच आकर्षक रहेको कम्पनीले जनाएको छ। हल्का प्रयोगमा २१ दिनसम्म, सामान्य प्रयोगमा १२ दिनसम्म र ट्रेल रनिङ मोडमा ५१ घण्टासम्म ब्याट्री टिक्ने बताइएको छ। वास्तविक ब्याट्री अवधि प्रयोगको तरिकाअनुसार फरक पर्न सक्छ। यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवै डिभाइससँग प्रयोग गर्न सकिन्छ।
मूल्य, उपलब्धता र निःशुल्क इयरबड्स अफर
HUAWEI WATCH GT 7 कालो र पहेँलो रङमा ४६ एमएम तथा गुलाबी रङमा ४१ एमएम आकारमा उपलब्ध छ। यसको मूल्य ४४ हजार ९९० रुपैयाँ तोकिएको छ।
त्यस्तै, HUAWEI WATCH GT 7 Pro कालो, हरियो र पहेँलो रङमा ४६ एमएम आकारमा उपलब्ध छ। यसको मूल्य ६४ हजार ९९० रुपैयाँ रहेको छ।
कम्पनीले सीमित अवधिका लागि WATCH GT 7 Pro खरिद गर्ने ग्राहकलाई ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने HUAWEI FreeBuds SE 2 निःशुल्क उपलब्ध गराउने जनाएको छ। यस अफरले प्रिमियम स्मार्टवाच खरिद गर्ने ग्राहकलाई थप लाभ प्रदान गर्नेछ।
हुवावेका उत्पादनसम्बन्धी थप जानकारी कम्पनीको फेसबुक पेज, टिकटक तथा ईफिक्सको अनलाइन स्टोर बाट प्राप्त गर्न सकिन्छ।