देउवा समूहको कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा रोज राणा, यी हुन् अन्य पदाधिकारी

मंगलबार, मंसिर ८, २०८३

दाङ।  नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा समुहको लुम्बिनी प्रदेश सभापतिमा प्यूठानका सरोज थापा ( रोज राणा) सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यो समहुको १५औँ महाधिवेशन अन्तगर्त दाङको भालुबाङमा भएको अधिवेशन पछि सोमबार राति अबेर रोजको नाममा सर्वसम्मत सहमति भएको हो ।

रोजको कार्यसमितिमा पाल्पाका माधवप्रशाद नेपाल, कपिलबस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुन उपसभापति छन् । त्यस्तै महामन्त्रीमा रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डिसी र बर्दियाका गोबिन्दप्रशाद थारु सर्वसम्मत चयन गरिएका छन् ।

स्रोतका अनुसार बिषेश गरि सहमहामन्त्री पदमा आकाँक्षी धेरै भएका कारण सर्वसम्मत चयन गर्ने बारे सहमतिको प्रयास जारी छ ।
अन्य पदहरुमा भने लगभग सहमति जुटिसकेको बताइन्छ ।
प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने गरि कसरत भइ रहेको पनि सभापति थापाले बताए । लुम्बिनी प्रदेश कार्यसमिति झन्डै ११५ सदस्यीय हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्