सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षले यही कार्तिक १९ गते बाँके जिल्ला अधिवेशन गर्दैछ ।
आज आयोजित पत्रकार सम्मेलनमा १५औं नियमित महाधिवेशन तयारी समितिका बाँके जिल्ला संयोजक कृष्ण बहादुर कार्कीले वडा, गाउँ, नगर, क्षेत्र हुँदै अब जिल्ला अधिवेशनको तयारीमा जुटेको बताए ।
कार्कीले गगन थापाको बाल हठका कारण पार्टी दुर्घटनामा परेको जिकिर गर्दै न्यायिकरुपमा १५औं नियमित महाधिवेशनबाट आउने नेतृत्व नै कांग्रेसको आधिकारक नेतृत्व हुने दाबी गरे ।
'विशेषतिर लागेको धेरैको शरीर उता भए पनि मन यतै छ', कार्कीले जिकिर गरे । पार्टीलाई जोगाउन अहिले आफूहरु न्यायिक लडाइँमा रहेको उनको भनाइ छ ।