हाम्रो बारेमा

मिनेटखबर डटकम समसामयिक विषयमा सधैं अग्रसर रहेर सही, तथ्यपरक र शीघ्र सूचना सम्प्रेषण गर्ने जमर्कोका साथ डिजिटल पत्रकारिताको दुनियाँमा प्रवेश गरेको छ । 

२०८० साल असार महिनाको अन्तिमबाट शुरू भएको मिनेटखबर डटकम एटलान्टिक मिडिया प्रा.लि. ललितपुरले सञ्चालन गरेको विश्वसनीय र भरपर्दो अनलाइन पोर्टल हो । मिनेटखबर डटकमले समसामयिक विषय उठान गर्दै राजनीतिक, सामाजिक, आर्थिक, पर्यटन, विकास, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, साहित्य, मनोरञ्जन, खेलकुद र प्रवाससंग सम्बन्धित सूचना र समाचार हरपल पाठकसमक्ष सम्प्रेषण गरिरहनेछ ।

समाचारसँगै विचार, लेख र अन्तर्वार्ताका माध्यमबाट सूचना दिन चौबिसै घण्टा अनवरत खटिएको मिनेटखबर डटकमले पत्रकारिताका आधारभूत सिद्धान्तलाई अवलम्बन गर्दै सत्य–तथ्य समाचार सम्प्रेषणका क्रममा विश्वसनीय, सन्तुलित र जवाफदेहितालाई सधैं मनन गर्न कुनै कसर बाँकी राख्नेछैन । समाचार सम्प्रेषणका क्रममा दबाव, अभाव र प्रभावमा नपरी निर्भयका साथ अगाडि बढेका छौं र बढिरहने नै छौं ।

मिनेटखबर डटकम आवाजविहीनको आवाज हो। आगामी दिनमा पनि सत्य–तथ्य समाचार सम्प्रेषण गर्ने क्रममा आउने विभिन्न चुनौती पन्छाउन तपाईं पाठक, शुभचिन्तक, लेखक, आलोचक सँगसँगै विज्ञापनदाताहरुको सर्वदा साथ र सहयोग रहने विश्वास मिनेटखबर डटकमले लिएको छ । 

मिनेटखबर डटकम विधिबतरुपले सूचना तथा प्रशारण विभागमा २०८० भदौ १२ गते दर्ता भई प्रेस काउन्सिल नेपालमा २०८० भदौ १७ गते सूचीकृत भएको प्रमाणपत्र प्राप्त गरेको छ ।

पत्रकारिताको धर्मबाट हामी डगमगाउने छैनौं,

सत्यतथ्य र सन्तुलित समाचारको कर्म छोडनेछैनौं ।

जय पत्रकारिता !