सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।
प्रतियोगितामा अघिल्ला संस्करणमा सहभागी आठवटै टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।
आजको उद्घाटन खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ । पहिलो खेलमै गत संस्करणका विजेता र उपविजेता भिड्ने भएपछि प्रतियोगिताको सुरुवात प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
एनपीएलका सम्पूर्ण खेल हिमालय स्पोर्ट्स (हिमालय टिभी) बाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । त्यसपछि इलिमिनेटर तथा क्वालिफायर चरणका खेल हुनेछन् । प्रतियोगिताको फाइनल अर्थात् उपाधि भिडन्त मंसिर ५ गतेका लागि तय गरिएको छ ।