Dashain Banner
Dashain Banner

एकादशीमा पनि दशैंको टीका र जमरा लगाउने क्रम जारी

बिहीबार, कात्तिक ५, २०८३
Pabson dashain

नेपालगन्ज । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज एकादशीका दिन पनि टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।

Dashai add

विजयादशमीका दिन टीका लगाउन नपाएका आफन्त तथा मान्यजनबाट कोजाग्रत पूर्णिमासम्म टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

नेपालका विभिन्न क्षेत्रमा दशैंको टीका लगाउने प्रचलन फरक–फरक रहेको छ । कतिपय ठाउँमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन छ भने केही स्थानमा पूर्णिमासम्म टीका लगाउने परम्परा रहिआएको छ ।

यसैबीच, आज आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशी पनि मनाइँदैछ । यस दिन व्रत बस्दा विगतमा जानी–नजानी गरेका पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्