सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । सामाजिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा मुस्लिम समुदायका युवा समाजसेवी तथा राजनीतिकर्मी मो. सफिक बेहनाले दसैँको टीका लगाएका छन्।
नेपालगन्ज–४ का पूर्व अध्यक्षसमेत रहेका बेहनाले दसैँको टीका लगाएर धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक एकताको सन्देश दिएका छन्।
सरल र असल स्वभावका बेहना राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय छन्। दुःख र समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने उनको स्वभावले उनलाई स्थानीयस्तरमा परिचित बनाएको छ।
विभिन्न धर्म र समुदायका मानिसहरूको बसोबास रहेको नेपालगन्जमा एकअर्काका चाडपर्वमा सहभागी हुने परम्पराले सामाजिक सद्भावलाई थप बलियो बनाउँदै आएको छ। बेहनाले दसैँको टीका लगाउनुले पनि धार्मिक सहिष्णुता र आपसी सम्मानको भावनालाई प्रतिबिम्बित गरेको छ।