Dashain Banner
Dashain Banner

दसैँको महानवमी आज, देवी मन्दिरमा विशेष पूजा र बलि

मंगलबार, कात्तिक ३, २०८३
Pabson dashain

नेपालगन्ज।आश्विन शुक्ल नवमी अर्थात् बडादसैँको नवौँ दिन आज देशभर विधिपूर्वक नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ। मुमुक्षुहरूलाई मोक्ष र सिद्धी प्रदान गर्ने भएकाले यी देवीलाई सिद्धिदात्री तथा सिद्धिदायिनी भनिन्छ।

Dashai add

आजको दिन घटस्थापना गरिएको दसैँघर वा पूजाकोठामा राखिएको जमरा विभिन्न शक्तिपीठहरूमा लगेर चढाइने गरिन्छ। साथै, देशभरका शक्तिपीठ, देवी मन्दिर र कोतहरूमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत पाठ गर्दै बोका, राँगा, हाँस र कुखुराको बलिसहित विशेष पूजाआराधना गरिन्छ। पशुबलि नदिनेहरूले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलको बलि दिई पायस चढाउने गर्दछन्।

मार्कण्डेय पुराण अनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस दिनको विशेष धार्मिक महत्त्व रहेको छ।

घटस्थापनादेखि नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद स्वरूप विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने परम्परा छ। यस वर्ष असोज १६ गते बिहीबार विजयादशमी परेको छ, जसका लागि बिहान ११स्५३ बजेको समय टीकाको उत्तम साइत मानिएको छ।

दशैँको महानवमी नवरात्रको अन्तिम दिन भएकाले आज शक्तिपीठहरूमा पूजाआराधना गर्ने भक्तजनको अत्यधिक भीड लाग्छ। शक्तिपीठसहित घरघरमा पनि बली सहित पूजाआराधना गरी नेपालीले आजको दिनलाई विशेष रूपमा मनाउँछन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  ०७:२९
प्रतिक्रिया दिनुहोस्