Dashain Banner
Dashain Banner

प्रधानमन्त्री बालेन मंसिरको दोस्रो साता भारत जाँदै

शनिबार, असोज ३१, २०८३
Pabson dashain

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण आगामी मंसिर दोस्रो साता हुने भएको छ ।

Dashai add

परराष्ट्रमन्त्री शिशिर खनालले सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गरे । 

विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री साहको भारत भ्रमण आगामी मंसिर दोस्रो साता हुने समाचारहरू सार्वजनिक भएका छन् । मन्त्री खनालले भने, “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिरसकेका छ्रैनौँ।” 

वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उनले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने आफूहरूको चाहना रहेको बताए ।

“भ्रमणका दौरान ‘ट्रेड र ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगती होस् भन्ने छ”, मन्त्री खनालले भने । 

भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्याससँगै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ। 

गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री बालेनको पहिलोपटक भारत भ्रमण हुन लागेको हो ।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १३:३७
प्रतिक्रिया दिनुहोस्