सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
अरबिन्द कुमार यादव / नरैनापुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा नागरिकसँग प्रत्यक्ष संवाद तथा भेटघाट कार्यक्रम गरेको छ।
कार्यक्रममा रास्वपाका कमल सुवेदी र पार्वती थापा (प्रिया रानी) सहभागी भएका थिए। उनीहरूले स्थानीय बासिन्दासँग भेट गरी गाउँपालिकाका विभिन्न समस्या, नागरिकका गुनासा र जनसरोकारका विषयमा छलफल गरेका थिए।
भेटघाटका क्रममा स्थानीय नागरिकले आफ्नो क्षेत्रका समस्या, आवश्यकता तथा अपेक्षाबारे धारणा राख्दै ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेका थिए। नागरिकले उठाएका सवाल सुन्दै सुवेदी र थापाले स्थानीयका आवाज तथा चासो बुझ्ने प्रयास गरेका थिए।
रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रमले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका समस्या तथा सुझाव सुन्ने अवसर प्रदान गरेको छ।