HONOR को ‘तीन चाडको बहार’ अभियान, दैनिक १३ जनालाई उपहारदेखि थाइल्यान्ड यात्रासम्म

सोमबार, असोज १९, २०८३

काठमाडौं । चाडपर्वको अवसर पारेर HONOR नेपालले ‘तीन चाडको बहार, HONOR को साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत HONOR का स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसरसमेत पाउने भएका छन्।

अभियानअन्तर्गत ग्राहकले HONOR X7e Active Earbuds, HONOR Watch 2 Pro लगायतका उपहार जित्ने अवसर पाउनेछन्। साथै, ८ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नेछन्।

अक्टोबर ४, २०२६ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालनब भएको अभियानमा सहभागी हुन ग्राहकले अभियानमा समावेश HONOR का स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्नेछ।

कम्पनीका अनुसार अभियान अवधिभर हरेक दिन १० जना भाग्यशाली विजेताले HONOR X7e Active Earbuds प्राप्त गर्नेछन्। त्यस्तै, दैनिक ३ जना विजेताले HONOR Watch 2 Pro जित्नेछन्। यसरी हरेक दिन कुल १३ जना ग्राहक विभिन्न उपहारका लागि छनोट हुनेछन्।

त्यसैगरी, अभियानको अर्को आकर्षणका रूपमा ८ जना भाग्यशाली ग्राहकले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्। उक्त अवसरले ग्राहकलाई चाडपर्वको समयमा प्रविधिसँगै विदेश भ्रमणको अनुभवसमेत दिलाउने कम्पनीले जनाएको छ।

अभियानमा सहभागी हुन HONOR का योग्य स्मार्टफोन वा ट्याब्लेट खरिद गरेपछि ग्राहकले मोबाइलबाट ३५००१ मा SMS पठाउनुपर्नेछ। SMS मा “HONOR space IMEI number or SN number” लेखेर पठाउनुपर्नेछ।

तीन फरक पुरस्कार श्रेणीमार्फत अभियानभर विजेता छनोट गरिने HONOR नेपालले जनाएको छ। कम्पनीका अनुसार अभियानले नवीन प्रविधिसँगै ग्राहकलाई थप आकर्षक तथा अर्थपूर्ण अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

HONOR नेपालले यस अभियानमार्फत चाडपर्वको उत्साहलाई थप विशेष बनाउने र हरेक खरिदलाई पुरस्कार तथा रमाइलो अनुभवसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।

अभियानसम्बन्धी थप जानकारी HONOR नेपालको वेबसाइट honor.com/np तथा सामाजिक सञ्जालका आधिकारिक पेजहरूबाट लिन सकिनेछ। HONOR नेपालको Instagram instagram.com/honor_nepal/ र Facebook facebook.com/honornepall मा पनि अभियानसम्बन्धी जानकारी उपलब्ध छ।

अभियानसम्बन्धी सम्पर्कका लागि [email protected] मा इमेल गर्न सकिनेछ। थप जानकारीका लागि +977 9801150036 मा सम्पर्क गर्न सकिनेछ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १४:०६
प्रतिक्रिया दिनुहोस्