सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नरेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् । सोमबार राति भएको मतगनणामा चौधरीले निकटतम प्रतिस्पर्धी वीरेन्द्रबहादुर शाहलाई पराजित गर्दै सभापतिको जिम्मेवारी हात पारेका हुन् । क्षेत्रीय कार्यसमितिका पदाधिकारी चयनका लागि मतदान भएको थियो । निर्वाचनबाट क्षेत्रीय सचिवमा रमेशप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ खुला समूहमा सुन्धान्सु कोइराला, सुरेन्द्रबहादुर हमाल, गोपालप्रसाद अधिकारी, रमेशकुमार गुप्ता, अजितकुमार शर्मा, राकेशबहादुर श्रीवास्तव, राजकुमार बर्मा, कृष्णकुमारी सापकोटा, सुनिल राणा र प्रशान्त विष्ट निर्वाचित भएका छन् । महिला खुलातर्फ उमा थापा मगर, रेनु सिंह ठाकुर, कल्पना रेग्मी र नारायणी रूपाखेती निर्वाचित भएका छन् । त्यस्तै मैकुलाल बाल्मिकी, ईश्वरीप्रसाद ज्ञवाली, ज्ञानेन्द्रकुमार चौधरी, फनबहादुर गुरुङ, जमालुदिन वागवान, निजामुदिन अन्सारी छोट्कौ, राजकुमार साहु, डम्बरबहादुर गोल्डस्मित, साहिदा वानो, ममता देवी कुर्मी, रत्ना राणा, सीता देवी काफ्ले, विष्णुप्रसाद भुषाल, लिलावती यादव, अमृतकुमार आचार्य, मेराज अहमद हल्वाई, दिपेन्द्र रेग्मी, अनुज बर्मा र सुनिल सिंह हमाल पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको जनाइएको छ ।