सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पूर्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दिएका वर्तमान सभापति पोषण केसीले आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका हुन् ।
उम्मेदवारी दर्तापछि दुई पक्षबीच भएको छलफल तथा सहमतिपछि केसीले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
आचार्य कोहलपुर नगरपालिकाका वर्तमान नगर प्रमुख समेत हुन।