भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीले गर्‍यो आग्रह

बिहीबार, असोज ८, २०८३

बाँके  । भोलि शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राप्ती सोनारी गाउँपालिकाले सम्बन्धित सबैमा आग्रह गरेको छ।

मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार बनाउँदै दिएको चेतावनी अनुसार राप्ती सोनारीले स्थानीय गाउँपालिकाबासीलाई  आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक टाढा तथा रातिको यात्रा नगर्न, आकस्मिक बाढी आउन सक्ने नदी, खोला तथा खहरे आसपासका बस्तीका बासिन्दा र पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकलाई थप चनाखो रहन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए।

खरालका अनुसार वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न तथा विपद्को अवस्थामा नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साथै आवश्यक सहयोग तथा समन्वयका लागि गाउँपालिकाले गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेललाई ९८५८०२३१२७, उपाध्यक्ष मनिषा सिंह थारुलाई ९८६७९५४४७४, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई ९८५८०५५५१६, प्रवक्ता मिनराज खड्काको ९८५८०३८०००, विपद् सम्पर्क व्यक्ति मोहन बुढाक्षेत्रीलाई ९८६६५५२१०२ तथा नगर प्रहरी इन्चार्जलाई ९८४८२३७१४० र नगर प्रहरी (एलईओसी) लाई ९८४४०१८८६६६ मा सम्पर्क गर्न आग्रह गरेको हो।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ११:०९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह