सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार भएको घटना सार्वजनिक भएको छ ।
शुक्रबार राति कारागारभित्र सुरुङ खनी उनीहरू बाहिरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनापछि कारागारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ ।
कैदी फरार भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले कारागारको अवस्था, फरार हुने बाटो र घटनाको प्रकृतिबारे स्थलगत निरीक्षण गरिरहेको छ ।
प्रहरी स्रोतका अनुसार हालसम्म ८ जना कैदी फरार भएको सूचना प्राप्त भए पनि उनीहरूको पहिचान र वास्तविक संख्या आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ ।
घटनाबारे जिल्ला कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालय डोल्पाले औपचारिक विवरण सार्वजनिक गरेका छैनन् । प्रहरीले अनुसन्धान तथा निरीक्षणपछि घटनाको यथार्थ विवरण सार्वजनिक गर्ने जनाएको छ ।