Dashain Banner
Dashain Banner

टीकाको तेस्रो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

शुक्रबार, कात्तिक ६, २०८३

नेपालगन्ज । बडादसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी छ।

Dashai add

विजयादशमीका दिन टीका लगाउन छुटेकाहरू आफन्तकहाँ पुगेर टीका थापिरहेका छन्।

कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्पराअनुसार आफन्तसँगको भेटघाट र पारिवारिक पुनर्मिलनले दसैँको रौनक बढाएको छ।

टीका थाप्न जानेहरूको चहलपहल सहरबजारमा बढेसँगै दसैँ मनाउन घर गएकाहरू पनि फर्कन थालेका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ०७:३८
प्रतिक्रिया दिनुहोस्