Dashain Banner
Dashain Banner

नरैनापुरमा शान्तिपूर्ण रूपमा मूर्ति विसर्जन सम्पन्न, सुरक्षाकर्मीलाई नागरिकको धन्यवाद

शुक्रबार, कात्तिक ६, २०८३

नरैनापुर (बाँके)। बाँकेको नरैनापुर गाउँपालिकामा बिहीबार रातिसम्म मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

Dashai add

धार्मिक आस्था, सामाजिक सद्भाव र आपसी भाइचारालाई कायम राख्दै सम्पन्न भएको कार्यक्रममा शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरू सक्रियतापूर्वक परिचालित भएका थिए।

मूर्ति विसर्जन कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइराला, बीओपी कटकुइयाका प्रहरी निरीक्षक झकु शर्मा, बीओपी गंगापुरका प्रहरी निरीक्षक अमृत दुलाल तथा सीमा सुरक्षा गुल्म नरैनापुरका प्रहरी नायब उपरीक्षक लालसिंह बिष्टको कमान्डमा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो।

सुरक्षाकर्मीहरूको सक्रियता, आपसी समन्वय र प्रभावकारी सुरक्षा व्यवस्थापनका कारण बिहीबार रातिसम्म मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। कार्यक्रमका क्रममा शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीहरूले निर्वाह गरेको भूमिकाको नरैनापुरका स्थानीय नागरिकले प्रशंसा गरेका छन्।

धार्मिक तथा सांस्कृतिक गतिविधिका क्रममा सामाजिक सद्भाव कायम राख्नुका साथै कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरूले देखाएको तत्परता र जिम्मेवारीप्रति स्थानीयवासीले आभार व्यक्त गरेका छन्।

नरैनापुरवासीका तर्फबाट मूर्ति विसर्जन कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन खटिएका सम्पूर्ण प्रहरी अधिकारी तथा सुरक्षाकर्मीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ०६:४९
प्रतिक्रिया दिनुहोस्