Dashain Banner
Dashain Banner

आज विजयादशमीको टीका, उत्तम साइत बिहान १०:२६ बजे

बुधबार, कात्तिक ४, २०८३
Pabson dashain

नेपालगन्ज । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।

Dashai add

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो ।

टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने

समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्नेछ।

दसैँमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।

रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दसैँ मनाउन आफ्नो थातथलो फर्कने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादसैँको मुख्य दिन टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  ०७:१९
प्रतिक्रिया दिनुहोस्