Dashain Banner
Dashain Banner

बडा दशैं: आज पनि महाअष्टमी

सोमबार, कात्तिक २, २०८३
Pabson dashain

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने जनाएको छ। समितिले स्वीकृत गरेका पात्रोअनुसार कात्तिक १ र २ गते महाअष्टमी परेको हो।

Dashai add

वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दशैँघर वा पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा आराधनासहित महाअष्टमीका अन्य कर्म दोहोर्‍याउनुपर्नेछ। यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै सम्पन्न भइसकेको पात्रोमा उल्लेख छ।

यस वर्ष तिथि वृद्धिका कारण नवरात्र १० दिनको हुने भएकाले विजयादशमीका दिन १० रात्रिको जमरा लगाइनेछ।

हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार राज्यका तर्फबाट हनुमानढोकामा गरिने १०८ पशु बलिसहितको मूल कालरात्रि पूजा भने कात्तिक २ गते सोमबार राति गरिनेछ। हनुमानढोकामा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  ०७:०१
प्रतिक्रिया दिनुहोस्