Dashain Banner
Dashain Banner

दसैंमा HONOR नेपालको ५०० रिटेलरलाई विशेष सरप्राइज, पसलमै पुगेर केक काट्दै शुभकामना

सोमबार, असोज २६, २०८३

काठमाडौं । दसैंको अवसरमा HONOR स्मार्टफोनको नेपालका लागि आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रालिले देशभरका ५०० प्रमुख रिटेलरसँग दसैंको खुसी साट्दै विशेष उत्सव मनाएको छ ।

कम्पनीले आफ्ना रिटेलर साझेदारसँगको सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले उनीहरूका पसलमै पुगेर केक काट्ने तथा दसैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको हो ।

रिटेलरहरूलाई सरप्राइज दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न स्थानमा रहेका रिटेल पसलमा पुगेको थियो । कम्पनीको टोलीले पसलमै पुगेर केक काट्दै दसैंको शुभकामना दिएपछि रिटेलरहरू उत्साहित भएका थिए । आफ्ना साझेदारबाट व्यक्तिगत रूपमा पाएको यो विशेष सम्मानले उनीहरूलाई थप खुसी बनाएको कम्पनीले जनाएको छ ।

नेपालमा HONOR स्मार्टफोनको बजार विस्तार र लोकप्रियता बढाउन रिटेलरहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । उनीहरूको निरन्तर सहयोग, विश्वास र सहकार्यको सम्मान गर्दै कम्पनीले यो कार्यक्रम आयोजना गरेको हो ।

सेल्ट्रोन नेपालका लागि रिटेलरहरू केवल व्यावसायिक साझेदार मात्र नभई HONOR ब्रान्डको सफलताका महत्वपूर्ण सहयात्रीसमेत हुन् । रिटेलरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै नेपाली उपभोक्तामाझ HONOR लाई स्थापित र विश्वसनीय ब्रान्डका रूपमा विकास गर्ने प्रतिबद्धता कम्पनीले पुनः व्यक्त गरेको छ ।

यस पहलले कम्पनी र रिटेलरबीचको व्यावसायिक सम्बन्धलाई थप अर्थपूर्ण बनाउनुका साथै चाडपर्वको अवसरमा आपसी सद्भाव र सहकार्यलाई समेत प्रोत्साहन गरेको छ ।

HONOR नेपालका स्मार्टफोन तथा अन्य उत्पादनसम्बन्धी जानकारी कम्पनीको आधिकारिक वेबसाइट https://www.honor.com/np/ तथा सामाजिक सञ्जाल फेसबुक https://www.facebook.com/honornepall र इन्स्टाग्राम https://www.instagram.com/honor_nepal/ मार्फत प्राप्त गर्न सकिनेछ ।

थप जानकारीका लागि सेल्ट्रोन नेपाल प्रालिको इमेल [email protected] वा फोन नम्बर +९७७ ९८०११५००३६ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १३:२९
प्रतिक्रिया दिनुहोस्