सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपालीले भव्य रूपमा मनाउने बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै औपचारिक रूपमा समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन साँझ धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ। यस दिन दसैँमा लगाइएको जमरा नजिकका पवित्र नदी, तलाउ वा तीर्थस्थलमा विसर्जन गरिन्छ।
धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बस्ने भक्तजनको घरमा महालक्ष्मीले प्रवेश गरी धन र ऐश्वर्य प्रदान गर्छिन् भन्ने विश्वास छ। यस दिन महालक्ष्मीका साथै ऐरावत हात्तीमा सवार इन्द्रको समेत पूजा गर्ने चलन छ।