सुरक्षा थ्रेटका कारण पूर्वप्रधानन्यायाधीश जबरालाई ल्याइएको हो: प्रहरी

आइतबार, असोज ११, २०८३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले सुरक्षा जोखिम रहेको भन्दै प्रहरी कार्यालयमा लिएर आएको बताइएको छ। अहिले जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको छ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई कुनै सम्भावित घटना हुनसक्ने अवस्थालाई ध्यानमा राखेर महाराजगञ्जस्थित निवासबाट कार्यालय ल्याइएको हो।

एसएसपी खड्काले जबरालाई नियन्त्रणमा लिनुको कारणबारे भने, ‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं।’

जबरालाई नियन्त्रणमा लिनुअघि प्रहरीले अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिन आएपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोनमार्फत जानकारी गराएका थिए। प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजी’ समूहबाट जबरालाई सुरक्षा खतरा रहेको भन्दै नियन्त्रणमा लिएर गएको थियो।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ११:३७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह