सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्ती सोनारी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत राप्ती सोनारी गाउँपालिका–७ मा भएको वडा अधिवेशनबाट वडा कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
अधिवेशनले अमृतलाल पाण्डेको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो। वडा सभापति दशरथ कुर्मीको सभापतित्वमा सम्पन्न अधिवेशनले पाण्डेलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो।
त्यसैगरी, पदाधिकारीतर्फ तृप्ति बुढाथोकी उपसभापति (महिला), रामचन्द्र अहिर उपसभापति (पुरुष), गिरिजाकुमार बुढाथोकी सचिव र विनोदकुमार मौर्य सहसचिवमा सर्वसम्मत चयन भएका छन्।
सदस्यहरूमा बाबुराम मुराउ, हेमकुमारी चन्द, रामकिसुन मौर्य, इरसाद अलि मुकेरी, इन्द्रजीत मुराउ, बालकुमारी दमाई र रामरानी कुर्मी सर्वसम्मत चयन भएका छन्।
वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन गरेको जनाइएको छ।