पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

आइतबार, असोज ११, २०८३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलील महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार जबरालाई बिहान करिब ३ बजे पक्राउ गरेर टेकुस्थित कार्यालयमा ल्याइएको थियो।

उनीविरुद्ध कुन कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह