राप्ती सोनारी–२ मा कांग्रेसको वडा अधिवेशन, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन

आइतबार, असोज ४, २०८३

राप्ती सोनारी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने राप्ती सोनारी गाउँपालिका–२ मा भएको वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्।

अधिवेशनले हिरालाल भण्डारीको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गर्दै सबै पदमा सहमतिमै नेतृत्व टुंग्याएको हो।

वडा सभापति नन्दलाल बस्नेतको सभापतित्व तथा कांग्रेसका युवा नेता, बाँकेका पूर्व जिल्ला सचिव एवं राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले हिरालाल भण्डारीलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो।

त्यसैगरी, पदाधिकारीतर्फ यमुना गोसाईं उपसभापति (महिला), मोतिराम खत्री उपसभापति (पुरुष), होमबहादुर अधिकारी सचिव र विशाल केसी सहसचिवमा चयन भएका छन्। वडा सदस्यहरूमा सन्जा खत्री, खुसीराम थारू, नारायण खत्री, रीता थारू, रामकुमारी चौधरी, चन्द्रकला विक र शेरबहादुर वली चयन भएका छन्।

कोको बने क्षेत्रीय प्रतिनिधि?

अधिवेशनबाट विभिन्न समूह तथा समावेशी क्लस्टरतर्फ क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत चयन भएका छन्।

खुलातर्फ तप्तबहादुर पौडेल, डिल्लीबहादुर गिरी, भीमबहादुर रानाक्षेत्री, पवनकुमार शाह, नन्दलाल बस्नेत, कमारो केसी, प्रेमबहादुर वली, खिमबहादुर वली, रामबहादुर भण्डारी, कुलबहादुर केसी र हिमबहादुर बुढाथोकी चयन भएका छन्।

महिलातर्फ भीमाकुमारी वली, तिला परियार, भगवती वली, माया सुनार, चनकुमारी थारू, लक्ष्मीदेवी शर्मा र राजकुमारी खत्री चयन भएका छन्।

पेशागत विषय विज्ञतर्फ खड्कबहादुर खत्री चयन भएका छन्।

युवातर्फ सरोज विक्रम बिष्ट ‘समीर’ (खुला), सुशीला खनाल (महिला), मोहन एरी (खुला), बालाराम डाँगी (खुला) र टोपबहादुर खड्का (खुला) चयन भएका छन्।

समानुपातिकतर्फ हर्षवर्धन चौधरी (थारू), प्रेमबहादुर थारू (थारू), भीमबहादुर केसी (खस–आर्य), डिलबहादुर बस्नेत (खस–आर्य), गजेन्द्रबहादुर डाँगी (खस–आर्य), यज्ञबहादुर कनौ (जनजाति), यमकुमार थापा (जनजाति), धनबहादुर विक (दलित), गुरु बच्चन यादव (मधेसी), रोयाज अहमद मुकेरी (मुस्लिम), धनमाया वली (महिला) र देवराज कुमाल (अल्पसंख्यक) सर्वसम्मत चयन भएका छन्।

त्यसैगरी, श्रमिकतर्फ चेवनकुमार पौडेल तथा प्रजातन्त्र सेनानी, सहिद परिवार एवं द्वन्द्व प्रभाविततर्फ गंगाराम रोका र कृष्णबहादुर खत्री चयन भएका छन्।

दलिततर्फ तिलकबहादुर विक र अपाङ्गतातर्फ अमरबहादुर खत्री चयन भएका छन्। अधिवेशनबाट निर्वाचित वडा कार्यसमितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सोही दिन प्रमाणपत्र वितरण गरिएको थियो।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:३०
प्रतिक्रिया दिनुहोस्