सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नं. २ मा चार जना प्रदेश सभा सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
लुम्बिनी प्रदेशसभा सदस्यहरू माया पुन मगर, सुशिला नेपाली वादी, मिना सिद्दिकी र निवर्तमान प्रदेश सभा सदस्य याकुव अन्सारी पराजित भएका छन्। उनीहरू सबै समानुपातिक प्रदेशसभा सांसदहरू हुन् । जिल्लाका प्रभावशाली नेता निरन्जन सिंह सिजापती, सुदिप नर्सिङ राणा, ललित रौनियार पनि पराजित भए ।
दलित तर्फ सुशिला वादीले २३६ मत प्राप्त गर्दा निर्वाचित हुने मैकुलाल बालमिकीले ३३० मत प्राप्त गरेका थिए। महिला कलष्टरबाट निर्वाचन लडेकी माया पुन मगरले २१५ मत मात्रै प्राप्त गर्न सकिन्।
सोही कलष्टरबाट चुनाव लडेकी मिना कुमारी बोहरा सिद्दिकीले २२१ मत प्राप्त गरिन्। यो कलष्टरबाट उमा थापा मगर ४३६, कल्पना रेग्मी ३०९, रेनुसिंह ठकुरी ४११ र नारायणी रुपाखेती ३४९ मत प्राप्त गरी निर्वाचित भए। सबैभन्दा बढी मत प्राप्त गर्ने उमा थापा मगर नेपालगंज उपमहानगरको पूर्व उपमेयर हुन्। त्यस्तै सुधांशु कोइराला खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गरेर निर्वाचित भएका छन् ।