सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली प्रविधि कम्पनी सफ्टनेपले खेलकुद र प्रविधिलाई जोड्ने उद्देश्यले ‘खेलरो’ नामक खेल पूर्वानुमान मञ्च सञ्चालनमा ल्याएको छ। वेबसाइट, सफ्टवेयर तथा डिजिटल मञ्च निर्माण गर्दै आएको सफ्टनेपले ‘खेलरो’मार्फत पहिलोपटक प्रत्यक्ष रूपमा खेलप्रेमीलाई लक्षित डिजिटल उत्पादन सार्वजनिक गरेको हो।
‘खेलरो’मा प्रयोगकर्ताले विभिन्न खेलको नतिजा तथा खेलाडीको प्रदर्शनबारे आफ्नो अनुमान राख्न सक्नेछन्। खेलको एक चरण तथा पूरै सिजनभर सञ्चालन हुने प्रतियोगितामार्फत सहभागीले अन्य खेलप्रेमीसँग प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिएको छ।
खेल सुरु हुनुअघि कुन टोलीले जित्ला, नतिजा कस्तो आउला वा कुन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ला भन्ने अनुमान गर्न सकिने कम्पनीले जनाएको छ। सही अनुमान मिल्दा सहभागीको अंक बढ्दै जाने र क्रमतालिकामा आफ्नो स्थान सुधार गर्न सकिनेछ।
सफ्टनेपले ‘खेलरो’को सुरुवात इङ्लिस प्रिमियर लिगबाट गरेको छ। पहिलो चरणअघि नै सञ्चालन गर्ने योजना रहे पनि एप्पलको एप स्टोरमा स्वीकृति प्रक्रियाका कारण केही ढिलाइ भएको थियो। एन्ड्रोइडमा मात्रै प्रतियोगिता सुरु गर्नुको सट्टा दुवै मोबाइल प्रणालीमा उपलब्ध भएपछि सञ्चालन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
पहिलो खेल चरण पूरा भइसकेको छ भने अब ‘खेल चरण २’बाट प्रिमियर लिगमा ‘खेलरो’को यात्रा निरन्तर हुने भएको छ।
सिजनभर सञ्चालन हुने मुख्य प्रतियोगितामा उत्कृष्ट हुने सहभागीका लागि विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो पुरस्कार विद्युतीय स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेसन ५, तेस्रो पुरस्कार टेक्नो पोभा ८ र चौथो पुरस्कार बुद्ध एयरको माउन्टेन फ्लाइट राखिएको छ।
यस्तै, प्रत्येक खेल चरणका विजेताले बुद्ध एयरको माउन्टेन फ्लाइट पाउनेछन्। अन्य पुरस्कारमा ३ हजार रुपैयाँ बराबरको केटीएम सीटीवाई सपिङ भौचर र क्यूएफएक्स सिनेमाका दुई चलचित्र टिकटसमेत रहेका छन्।
सफ्टनेपले ‘खेलरो’लाई आफ्नो छुट्टै उपभोक्ता ब्रान्डका रूपमा विकास गरिरहेको छ। कम्पनीका अनुसार खेलकुद हेर्ने परम्परागत शैलीसँगै मोबाइल, सामाजिक सञ्जाल, खेल तथ्याङ्क र अन्तरक्रियात्मक डिजिटल मञ्चको प्रयोग बढिरहेको अवस्थामा ‘खेलरो’ले खेलप्रेमीलाई खेलसँग थप सक्रिय रूपमा जोड्ने प्रयास गरेको हो।
सफ्टनेपका लागि ‘खेलरो’ नयाँ डिजिटल उत्पादनमा मात्र सीमित नभई नेपालको बढ्दो खेल–प्रविधि क्षेत्रमा प्रवेशको महत्वपूर्ण सुरुवातसमेत बनेको छ।
विस्तृत जानकारीका लागि तल हेर्न सकिने छ-