सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । HONOR ले नयाँ स्मार्टफोन HONOR Choice T10 नेपाली बजारमा लिएर आएको छ। एआईमा आधारित अनुवाद सुविधा, ६.७५ इन्चको ठूलो डिस्प्ले र ५ हजार एमएएच ब्याट्रीसहितको यो फोन दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
HONOR Choice T10 मा AI Simultaneous Interpretation सुविधा दिइएको छ। यसले विभिन्न भाषामा हुने कुराकानीलाई वास्तविक समयमै अनुवाद गर्न सहयोग गर्छ। त्यस्तै, इन्टरनेट कनेक्सन नभएको अवस्थामा पनि प्रयोग गर्न सकिने Multilingual Offline Translation सुविधा फोनमा उपलब्ध छ।
फोनमा ६.७५ इन्चको डिस्प्ले र ५ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ। ठूलो स्क्रिनका कारण भिडियो हेर्न तथा इन्टरनेट चलाउन सहज हुने र ब्याट्रीले दिनभरको सामान्य प्रयोगलाई साथ दिने कम्पनीको भनाइ छ।
नेपाली बजारमा ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १६ हजार ४९९ रुपैयाँ तोकिएको छ। त्यस्तै, ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १९ हजार ४९९ रुपैयाँ रहेको छ।
HONOR Choice T10 नेपालभरका अधिकृत HONOR रिटेल स्टोरबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
थप जानकारीका लागि :
वेबसाइट : HONOR Nepal
इन्स्टाग्राम : HONOR Nepal
फेसबुक : HONOR Nepal Facebook
इमेल : [email protected]
सम्पर्क : +977 9801150036