सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । HONOR नेपालले बजेट स्मार्टफोन बजारमा नयाँ आयाम थप्दै HONOR X5d Series र HONOR X6d सार्वजनिक गरेको छ। कम्पनीले पहिलोपटक आफ्नो बजेट स्मार्टफोन शृंखलामा ० प्रतिशत ब्याजदर (०% EMI) सुविधा उपलब्ध गराउँदै अत्याधुनिक स्मार्टफोन प्रविधिलाई अझ सहज, किफायती र पहुँचयोग्य बनाएको जनाएको छ।
कम्पनीका अनुसार शक्तिशाली फिचर, आकर्षक डिजाइन, भरपर्दो कार्यसम्पादन तथा लचिलो भुक्तानी सुविधासहित ल्याइएका यी स्मार्टफोनहरू कम बजेटमा पनि उत्कृष्ट स्मार्टफोन अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरी बजारमा ल्याइएको हो। कम्पनीले ०% ईएमआई सुविधामार्फत अब ग्राहकले बिना ब्याज मासिक किस्तामा यी स्मार्टफोन खरिद गर्न सक्ने जनाएको छ।
HONOR X5d Series दैनिक प्रयोगका लागि भरपर्दो स्मार्टफोनका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ। यसमा ५,२६०mAh क्षमताको ठूलो ब्याट्री रहेको छ, जसले मनोरञ्जन, सामाजिक सञ्जाल, इन्टरनेट ब्राउजिङ तथा दैनिक उत्पादकत्वसम्बन्धी कामका लागि दिनभर साथ दिने कम्पनीले जनाएको छ। यसमा १५W चार्जिङ सपोर्ट रहेको छ भने १५W पावर एडाप्टर पनि बक्सभित्रै उपलब्ध गराइएको छ, जसले सुरुदेखि नै सहज चार्जिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
फोटोग्राफीका लागि HONOR X5d Series मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ, जसबाट स्पष्ट, विस्तृत र जीवन्त तस्बिर खिच्न सकिने कम्पनीले जनाएको छ। स्टोरेजतर्फ HONOR X5d Plus मा १२८GB स्टोरेज उपलब्ध रहेको छ, जसले फोटो, भिडियो, एप्लिकेसन तथा अन्य महत्वपूर्ण फाइलहरू भण्डारण गर्न पर्याप्त स्थान उपलब्ध गराउँछ।
HONOR X5d Series ले सहज र प्रभावकारी कार्यसम्पादन प्रदान गर्ने कम्पनीको दाबी छ। HONOR X5d ४GB र्याम + ६४GB स्टोरेज तथा HONOR X5d Plus ४GB र्याम + १२८GB स्टोरेज भेरियन्टमा उपलब्ध छन्, जसले मल्टिटास्किङलाई सहज बनाउनुका साथै दैनिक प्रयोगमा अझ स्मूथ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
HONOR X5d को मूल्य रु. २५ हजार ४९९ तथा HONOR X5d Plus को मूल्य रु. २८ हजार ९९९ तोकिएको छ।
यसैगरी HONOR नेपालले HONOR X6d पनि सार्वजनिक गरेको छ, जुन बढी स्टोरेज र अझ सहज दैनिक प्रयोग चाहने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ। यसमा २५६GB स्टोरेज उपलब्ध रहेको उल्लेख गरिएको छ, जसले फोटो, भिडियो, मनोरञ्जन सामग्री तथा विभिन्न एप्लिकेसनहरू स्टोरेजको चिन्ताबिनै भण्डारण गर्न सकिने कम्पनीको दाबी छ।
HONOR X6d मा ५,२६०mAh ब्याट्री, १५W स्ट्यान्डर्ड चार्जिङ, ५० मेगापिक्सेल मुख्य क्यामेरा, MediaTek Dimensity 6300 प्रोसेसर, ६.७५ इन्च TFT LCD डिस्प्ले तथा ७.९ मिमी स्लिम डिजाइन रहेको छ। HONOR X6d 5G (४GB र्याम + १२८GB स्टोरेज) को मूल्य रु. २९ हजार ९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार बजेट स्मार्टफोनमा पहिलोपटक ०% ईएमआई सुविधा ल्याएर नवीन प्रविधिलाई अझ बढी नेपाली उपभोक्तामाझ किफायती र सहज रूपमा पुर्याउने लक्ष्य राखिएको हो। शक्तिशाली स्पेसिफिकेसन, आकर्षक डिजाइन तथा लचिलो स्वामित्वको विकल्पलाई एकसाथ उपलब्ध गराउँदै HONOR ले स्मार्ट, भरपर्दो र स्टाइलिस प्रविधि नेपाली उपभोक्तामाझ पुर्याउने आफ्नो अभियानलाई निरन्तरता दिएको जनाएको छ।
HONOR X5d Series र HONOR X6d नेपालभरका आधिकारिक HONOR रिटेल स्टोरहरूमा उपलब्ध भइसकेका छन्।
थप जानकारीका लागि-
वेवसाइट- https://www.honor.com/np/ https://www.instagram.com/honor_nepal/ https://www.facebook.com/honornepall
इमेल- [email protected] Contact: +977 9801150036