दाङ कांग्रेस क्षेत्र नं. ३ (क) को प्रदेश प्रतिनिधि पेशागत विज्ञमा गौरव गिरी भारी मतान्तरले विजयी

बिहीबार, असोज १५, २०८३

दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ (क) को प्रदेश प्रतिनिधिको मतगणना परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मतपरिणामअनुसार गौरव गिरी (प्रदेश प्रतिनिधि पेशागत विज्ञतर्फ भारी मतान्तरले विजयी भएका छन् । उनले आफ्ना निकटम प्रतिद्वन्द्वीलाई ५१ मतले पराजित गरेका हुन। गिरीले १६६ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी शंकर  दिवस मजगैयाले ११५ र शिवप्रसाद श्रेष्ठले ९८ मत प्राप्त गरेका हुन् ।

त्यस्तै खुल्लातर्फ जागेश्वर वली, केशवराज भुसाल,दीपक खड्का, मदनराज घिताल, रामबहादुर जिसी, लक्ष्मी बस्नेत, विष्णुप्रसाद आचार्य र शोभाकर सापकोटा प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन्।

निर्वाचितमध्ये शोभाकर सापकोटाले ३०५, रामबहादुर जिसीले ३०२, मदनराज घितालले २८९, लक्ष्मी बस्नेतले २६८, जागेश्वर वलीले २४५, दीपक खड्काले १९८, विष्णुप्रसाद आचार्यले १९६ र केशवराज भुसालले २३३ मत प्राप्त गरेका छन्।

 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २२:०३
प्रतिक्रिया दिनुहोस्