गोकर्ण डाँगीसहित चार जना सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा गोकर्ण डाँगी, डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू र जनक पाण्डे रहेका छन्।

राष्ट्रपति पौडेलले न्याय परिषद्को सिफारिसअनुसार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १३:००
प्रतिक्रिया दिनुहोस्