सोमबार पनि सार्वजनिक बिदा

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार कात्तिक ३० गते  पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले छठ पर्वको समापनका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै सोमबारसमेत सार्वजनिक बिदा हुने जानकारी दिएका छन्।

छठ पर्वको मुख्य विधिअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्ने परम्परा छ। उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म मनाइने छठ पर्व सम्पन्न हुन्छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १५:०४
प्रतिक्रिया दिनुहोस्