Chhath Banner
Chhath Banner

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

शनिबार, कात्तिक २८, २०८३

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

प्रदेशसभामा आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि यादवले राजीनामा दिएका हुन् । उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएको भन्दै पद त्याग गरेको बताए ।

सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमतमा परेको थियो । त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो । तर, आवश्यक बहुमत जुटाउन नसक्ने देखिएपछि उनले विश्वासको मत परीक्षणअघि नै राजीनामा दिएका हुन् ।

अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको चर्चा भए पनि दलहरूबीच सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्