सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बर्दिया । नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. २ (क) बाट पुजा सुनार प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
सुनार ठाकुरबाबा नगरपालिकाकी कार्यपालिका सदस्यसमेत हुन्। पार्टीको क्षेत्रीय अधिवेशनबाट उनी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
स्थानीय तहमा जनप्रतिनिधिका रूपमा सक्रिय सुनारको कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधिमा भएको निर्वाचनलाई पार्टीभित्र उनको राजनीतिक सक्रियताको निरन्तरताका रूपमा हेरिएको छ।