सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनको मतगणना सम्पन्न हुँदा थापा सभापतिमा निर्वाचित भएका हुन् ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणनाको परिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा ५४ मत बदर भएको जनाइएको छ।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका थिए । तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।
सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ । आज पदाधिकारी र सदस्यको मतगणना हुनेछ।