किशोरसिंह राठौरको ‘यू–टर्न’ : सभापतिको उम्मेदवारी फिर्ता, गगनलाई समर्थन

बुधबार, असोज २१, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन्।

मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।

उम्मेदवारी फिर्ता लिँदै राठौरले सभापति पदका अर्का उम्मेदवार गगन थापालाई समर्थन गर्ने घोषणा गरेका हुन्।

राठौरले उम्मेदवारी फिर्ता लिएसँगै अब गगन थापा र श्यामकृष्ण खड्गी मात्र सभापति पदका उम्मेदवार रहेका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्