सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालयको असोज २० गतेको निर्णयबाट राजपत्रांकित द्वितीय श्रेणीका ४४ कर्मचारीको सरुवा गरिएको हो। सरुवामा शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवामा कार्यरत कर्मचारीहरू समेटिएका छन्।
सरुवा सूचीमा लोकबहादुर लोप्चनदेखि चेतराज बरालसम्मका कर्मचारी छन्। यस्तै डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेककुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्सालको पनि जिम्मेवारी परिवर्तन भएको छ।
हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादव सरुवा हुनेमा छन्।
त्यसैगरी रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलको समेत सरुवा गरिएको छ।
यास्तो छ सरुवा सूची -