गगनसँगको भेटपछि उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै डा. मिनेन्द्र रिजाल

बुधबार, असोज २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।

मंगलबार साँझ कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँग भएको भेटपछि रिजाल उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका हुन्। भेटका क्रममा पार्टीलाई पुनः आफ्नो मौलिक पहिचानसहित अघि बढाउने विषयमा छलफल भएको बताइएको छ।

भेटवार्ताको भिडियो रिजालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। भिडियोमा उनले कांग्रेसलाई फेरि कांग्रेसकै रूपमा स्थापित गर्ने आफ्नो मुख्य चाहना रहेको बताएका छन्।

पार्टीको नेतृत्वमा थापाको यात्रालाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै रिजालले अब आफूले कुनै पदका लागि प्रतिस्पर्धा गरिरहनुको औचित्य नरहेको बताएका छन्। उनले पदको आकांक्षा त्यागेर थापाको अभियानमा साथ दिने स्पष्ट पारेका छन्। रिजालले आज औपचारिक रूपमा उपसभापति पदको उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन्।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०८:१९
प्रतिक्रिया दिनुहोस्