सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहानबाट मतदान सुरु भएको छ। निर्वाचन समितिले बिहान ७:३० बजेदेखि मतदान सुरु गरेको हो।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थलमा पुगेर लाइनमा बसेका छन्। नयाँ नेतृत्व चयन गर्न महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्।
यसअघि बिहीबारका लागि निर्धारित मतदान मतपत्र छपाइमा भएको ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा नभएपछि स्थगित गरिएको थियो। तयारी पूरा भएसँगै आज मतदान प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
महाधिवेशनमा सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। मतदानबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ।