Dashain Banner
Dashain Banner

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो लगियो

शनिबार, असोज ३१, २०८३
Pabson dashain

काठमाडौँ। पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ। कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोले उनलाई बोलाएको हो।

Dashai add

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत रहेका कलाकार पन्तले शुक्रबार श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको भन्ने विषयमा समाचार प्रकाशित भएपछि जाहेरी परेको थियो।

पन्तको उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसैक्रममा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

श्रेष्ठलाई पक्राउ गर्ने प्रयास भएको भन्दै नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आपत्ति जनाएका छन्।

‘जनआस्थामा छापिएको समाचारको विषयलाई लिएर प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु निन्दनीय छ। समाचारको विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो भन्ने अहिलेको सरकारलाई जानकारी रहोस्,’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन्।

यता, हिमेश पन्तविरुद्ध पनि साइबर ब्यूरोमा उजुरी परेको छ।

जनआस्था अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा पन्तविरुद्ध उजुरी दर्ता गरिएको हो। उजुरीमा विद्युतीय कारोबार ऐनबमोजिम कारबाही गर्न माग गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्