सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छन्।
महिला खुलातर्फ उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मत प्राप्त गर्दै तेस्रो स्थानमा निर्वाचित भएका छन्। त्यस्तै, कुसुमदेवी थापाले ३ हजार २५० मत प्राप्त गरी चौथो स्थान हासिल गर्दा धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेकी छन्।
यसैगरी, विनिता खड्का २ हजार ८६६, अनिता देवकोटा २ हजार ८५३, रीता सेन ओली २ हजार ७००, सृजना अधिकारी २ हजार ६५८ र मुना भुसाल २ हजार ५१४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महिला खुलातर्फ निर्वाचित हुने अन्य उम्मेदवारमा गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल रहेका छन्। मतपरिणामअनुसार गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गरेका छन्।
महिला खुलातर्फका १५ केन्द्रीय सदस्य पदका लागि ३६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामका आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने १५ जना उम्मेदवार केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।