सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ।
शनिबार निसिनमा आयोजक जापानसँग तय भएको समूह चरणको खेल वर्षाका कारण पूरा हुन सकेन। नेपालले पहिले ब्याटिङ गर्दै १५ ओभरमा ४ विकेटको क्षतिमा १४९ रन बनाएपछि वर्षा सुरु भएको थियो। त्यसपछि खेल अघि बढ्न नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडे।
नेपालका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ५ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रन बनाए। लोकेश बमले २२ बलमा ६ छक्का र एक चौकासहित अविजित ५२ रन जोडे। आसिफ शेखले २१ रनको योगदान दिए।
यसअघि नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै दुई अंक जोडेको थियो। जापानसँग एक अंक पाएपछि नेपाल समूह ‘ए’मा शीर्ष स्थानमा रहन सफल भएको हो। अब नेपालले क्वार्टरफाइनलमा श्रीलंकाको सामना गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल सेप्टेम्बर २९ मा हुनेछ।
नेपालले समूह चरणमा अपराजित रहँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ। अब नेपाली टोली एसियाली खेलकुदको पुरुष क्रिकेटमा पदकका लागि प्रतिस्पर्धा गर्नेछ।