Tihar Banner
Tihar Banner

राप्तीसोनारीमा वडाध्यक्ष कप फुटबल तथा क्रिकेट प्रतियोगिता सम्पन्न

बिहीबार, कात्तिक २६, २०८३

अरबिन्द कुमार यादव/ बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ को आयोजना तथा राप्ती युवा क्लबको व्यवस्थापनमा सञ्चालन भएको आठौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिता र छैटौँ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएका छन्।

आठौँ वडाध्यक्ष कप फुटबल प्रतियोगितामा न्यु जन परोपकारी युवा क्लब प्रथम भएको छ भने नन्कौपुर फुटबल क्लब (ए) उपविजेता बनेको छ।

त्यसैगरी, छैटौँ वडाध्यक्ष कप क्रिकेट प्रतियोगितामा राप्ती युवा क्लब प्रथम र नवज्योति युवा क्लब, भेलोनिया द्वितीय भएको छ।

विजेता तथा उपविजेता सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गरिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १९:५७
प्रतिक्रिया दिनुहोस्