सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको ११ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो ।
१३० रनको चुनौती सुदूरले १६ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । सुदूरका लागि ब्रन्डन म्याकमुलेनले २१ बलमा ४३ तथा इशान पाण्डेले २९ बलमा २५ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा १२९ रन बनायो । चितवनका लागि रवि बोपाराले ४० बलमा ४९ रन बनाए । स्कट कुग्लेजिनले २ विकेट लिए ।
आजको पहिलो खेलमा कर्णाली याक्सलाई काठमाडौं गोर्खाजले पराजित गरेको थियो
अंक तालिकाः
कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको समान ४ अंक भएको छ । समान २ खेलबाट समान ३ अंकसहित लुम्बिनी लायन्स चौथो तथा चितवन राइनोज पाँचौँ स्थानमा छ । विराटनगर किंग्स र काठमाडौँ गोर्खाजको समान २ अंक छ । पोखरा एभेन्जर्स अंकविहीन छ ।