सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १३ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ। अपराजित रहँदै शीर्ष स्थानमा पुग्ने क्रममा लुम्बिनीले पोखरा एभेन्जर्सलाई मंगलबारको खेलमा ८ विकेटले पराजित गर्यो ।
९८ रनको चुनौती पछ्याएको लुम्बिनीले ११ ओभर ४ बलमै २ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान रोहित पौडेलले ३२ बलमा अविजित रहँदै ४७ रन जोडे । त्यस्तै किरोशन डिकवेलाले २६ बलमा अविजित रहँदै २७ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ९ विकेटको क्षतिमा ९७ रनमात्र बनाउन सक्यो । चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । रुबेन ट्रम्पेल्म्यानले ३ तथा तिलक भन्डारीले २ विकेट लिए । त्यस्तै रोहित पौडेल, शेर मल्ल र अभिशेष गौतमले समान १ विकेट लिए ।
अंक तालिका
लुम्बिनी लायन्स अपराजित रहँदै ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहेको छ । ४ खेलमा ४ अंकसहित विराटनगर किंग्स दोस्रो स्थानमा छ । ३ खेलबाट ४ अंकको कर्णाली याक्स तेस्रो स्थानमा छ ।
४ खेलबाट ४ अंकको जनकपुर बोल्ट्स चौथो तथा ४ खेलबाट ४ अंककै सुदूरपश्चिम रोयल्स पाँचौँ स्थानमा छ ।
३ खेलबाट ३ अंकको चितवन राइनोज छैटौँ स्थानमा छ । २ खेलबाट २ अंकको काठमाडौँ गोर्खाज सातौँ स्थानमा छ ।
३ खेलबाट अंकविहीन पोखरा एभेन्जर्स पुछारमा छ ।