भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री बालेन

सोमबार, मंसिर ७, २०८३

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश फर्किएका छन् ।

उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका प्रधानमन्त्री शाह हिजो त्यसतर्फ गएका थिए ।

नेपाली प्रतिनिधिमण्डलको टोलीसहित भारत गएका उनको यो पहिलो औपचारिक भ्रमण हो।

प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायतले बिदाइ गरेका थिए ।

विभिन्न भेटघाट र सम्झौता, सहमति लगायतका कार्यतालिका सकेर उनी आज नेपाल फर्किएका हुन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्