हुवावेले ल्यायो दसैं अफर, स्मार्टवाचमा ३ हजार ५ सय रुपैयाँसम्म छुट

बुधबार, असोज २१, २०८३

काठमाडौं । विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्डका रूपमा रहेको हुवावेले नेपालीहरूको प्रमुख चाड दसैंलाई लक्षित गर्दै विशेष उत्सव अफर सार्वजनिक गरेको छ। 

'Celebrate This Dashain with No. 1 Smartwatch Brand HUAWEI’ अभियानअन्तर्गत ह्वावेले आफ्ना स्मार्टवाच तथा अडियो उत्पादनहरूमा ग्राहकका लागि विशेष छुट तथा उपहारको व्यवस्था गरेको हो।
यस अभियानअन्तर्गत ग्राहकले चयन गरिएका हुवावेका उत्पादन खरिद गर्दा ३ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, चयन गरिएका स्मार्टवाच मोडल खरिद गर्ने ग्राहकले HUAWEI FreeBuds SE 2 निःशुल्क उपहारका रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

हुवावेको दसैं अफर अक्टोबर ४ देखि अक्टोबर १६, २०२६ सम्म लागू हुनेछ। यो अफर नेपालमा Efix Nepal मार्फत अनलाइन तथा अफलाइन दुवै माध्यमबाट उपलब्ध हुनेछ।

ग्राहकले ह्वावेका उत्पादन खरिद गर्न काठमाडौंको सुन्धारास्थित सीटीसी मलको पाँचौं तल्लामा रहेको Efix Nepal को हुवावे सेक्शनमा पुग्न सक्नेछन्। साथै, Efix Nepal को अनलाइन स्टोरमार्फत पनि ह्वावेका उत्पादन तथा दसैं अफरबारे जानकारी लिन र खरिद गर्न सकिनेछ।

हुवावेले आफ्नो स्मार्टवाच लाइनअपमा प्रयोगकर्ताको फिटनेस, स्वास्थ्य निगरानी, दैनिक कनेक्टिभिटी तथा जीवनशैलीलाई केन्द्रमा राखेर विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ। हुवावेका स्मार्टवाचमार्फत प्रयोगकर्ताले दैनिक गतिविधि तथा फिटनेससँग सम्बन्धित जानकारी निगरानी गर्न सक्नुका साथै दैनिक जीवनमा आवश्यक विभिन्न स्मार्ट सुविधाहरू प्रयोग गर्न सक्नेछन्।

त्यस्तै, हुवावेका अडियो उत्पादनहरू दैनिक मनोरञ्जन तथा सञ्चारका लागि उपयोगी हुने कम्पनीले जनाएको छ। यसअन्तर्गत वायरलेस अडियो अनुभव तथा दैनिक फोन कल, संगीत सुन्ने लगायतका प्रयोजनका लागि विभिन्न विकल्प उपलब्ध छन्।

दसैंको अवसरमा ल्याइएको यस अभियानले चाडपर्व, स्मार्ट प्रविधि र स्वास्थ्य तथा जीवनशैलीलाई एकैसाथ जोडेको हुवावेले जनाएको छ। विशेष छुट र निःशुल्क उपहारसहितको यो अफरमार्फत ग्राहकले आफ्नो दैनिक जीवनशैलीलाई थप स्मार्ट बनाउन प्रविधि अपग्रेड गर्ने अवसर पाउने कम्पनीको भनाइ छ।

अफरका मुख्य आकर्षण

अफरको अवधि: अक्टोबर ४ देखि अक्टोबर १६, २०२६
छुट: चयन गरिएका हुवावेका उत्पादनमा ३ हजार ५ सय रुपैयाँसम्म
निःशुल्क उपहार: चयन गरिएका मोडलमा HUAWEI FreeBuds SE 2

थप जानकारीका लागि-

उपलब्ध स्थान: Efix Nepal,अनलाइन तथा अफलाइन

अफलाइन स्टोर: CTC Mall, पाँचौं तल्ला, सुन्धारा, काठमाडौं

फोन: ०१-५३६४००० / +९७७ ९८०१२४८०५५

ग्राहकले हुवावेका उत्पादन तथा दसैं अफरबारे थप जानकारी Efix Nepal को अनलाइन स्टोरमा रहेको HUAWEI सेक्शनमार्फत प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १६:५२
प्रतिक्रिया दिनुहोस्