सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । एटलान्टिक महासागरमा यात्रा गरिरहेको एक विलासी क्रुज जहाजमा मुसाबाट सर्ने दुर्लभ हान्टा भाइरस फैलिँदा कम्तीमा तीन यात्रुको मृत्यु भएको छ। अर्जेन्टिनाको उशुआयाबाट केप भर्डतर्फ गइरहेको “एमभी होन्डियस” नामक जहाजमा यो संक्रमण देखिएको पुष्टि भएको हो।
डब्लुएचओले सार्वजनिक गरेको जानकारी अनुसार जहाजमा रहेका ६ जनामा संक्रमणको आशंका गरिएको थियो, जसमा एक जनामा भाइरस पुष्टि भइसकेको छ। संक्रमितमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने एक जना बिरामीलाई दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित अस्पतालको सघन उपचार कक्षमा राखिएको छ।
दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले आईसीयूमा उपचाररत बिरामीमा हान्टा भाइरस पोजेटिभ देखिएको बताएका छन्। मृतकमध्ये एक दम्पती पनि रहेका छन्। प्रारम्भमा ७० वर्षीय पुरुषमा लक्षण देखिएको र उनको जहाजमै मृत्यु भएको थियो। उनको शव हाल सेन्ट हेलेना टापुमा राखिएको छ। उनकी ६९ वर्षीया श्रीमतीलाई उपचारका लागि दक्षिण अफ्रिका पुर्याइए पनि अस्पतालमै निधन भएको बताइएको छ।
हान्टा भाइरस प्रायः मुसाको दिसा, पिसाब वा र्यालबाट मानिसमा सर्ने गर्दछ। यसले गम्भीर श्वासप्रश्वास समस्या र रक्तस्रावयुक्त ज्वरो निम्त्याउन सक्छ, जसले समयमै उपचार नभए ज्यानसमेत लिन सक्छ।
अहिले जहाजमा रहेका अन्य यात्रु तथा चालक दलका सदस्यहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल ले विभिन्न देशहरूसँग समन्वय गर्दै थप संक्रमितहरूको उद्धार र उपचारको तयारी गरिरहेको जनाएको छ। साथै, जहाजमा मुसाको उपस्थिति र संक्रमणको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।