सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । भारतमा २ सय ४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतको अहमदाबादबाट लण्डननका लागि उडेको विमान दुर्घटनामा परेको हो ।
विमानले उडान भरे लगत्तै सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको विमानले दिउँसो स्थानीय समयअनुसार १ः३८ बजे उडान भरेको थियो ।
जहाजमा क्याबिन क्रुसहित दुई सय ४२ जना रहेका थिए । जहाजमा दुई पाइलटसहित १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए।केही संचारमाध्यमले भने उडान १ः३८ मा भरेको र त्यसको २ मिनेटमै दुर्घटना भएको बताएका छन् । एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसमेत रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो ।
एएनआईका अनुसार एयर इन्डिया फ्लाइट एआई १७१ रहेको बोइङ ७८७–८ मा रहेका २४२ जनामध्ये १६९ जना भारतीय हुन् । ५३ जना बेलायती नागरिक हुन् । सात जना पोर्चुगलका हुन् भने एक जना क्यानाडाका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाह र नागरिक उड्डयन मन्त्री राममोहन नाइडूलाई अहमदाबाद गएर सक्दो सहयोग गर्न भनेका छन् ।
दुर्घटनासँगै सरदार भल्लाभाभाइ पटेल विमानस्थल बन्द गरिएको छ । सबै उडान तत्कालका लागि रद्द गरिएकोसमेत एएनआईले बताएको छ । घाइतेहरुलाई नागरिक अस्पतालमा लगिएको छ ।गृहमन्त्री अमित शाह घटनास्थल पुगेका छन् ।